जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको रिक्त हरेकाे रजिष्ट्रार पदमाजुम्लाका चन्दननाथ नगरपालिका वडा नं १०, निवासी लक्ष्मी चन्द्र महत नियुक्त भएका छन्।
स्वास्थ मन्त्रालयले आज औपचारिक रूपमा महतलाई रजिस्ट्रार पदमा नियुक्त गरेको हो। महतले अब प्रतिष्ठानको शैक्षिक, प्रशासनिक र नीतिगत कार्यसम्पादनमा रजिस्ट्रारको उत्कृष्ट कार्य गर्ने अपेक्षा गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रतिष्ठान ऐन २०६८ तथा मन्त्रालय मातहतका निकायका पदाधिकारीको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३ बमोजिम महतलाई नियुक्ति दिएका हुन्।
महत कर्णाली प्रदेशकै बौद्धिक, शालीन र अनुभवी व्यक्तिका रूपमा परिचित छन्। महतको अनुभव र नेतृत्वले प्रतिष्ठानलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।
प्रकाशित मिति : २०८२ भदौ १९ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्