![]()
मङ्सिर ५ जुम्लाकाे जे.आर. कर्णाली बोर्डिङ स्कुल जुम्लाले विद्यार्थीद्वारा निर्माण गरेका विभिन्न प्रकारका विज्ञान सामग्रीहरूको प्रदर्शन गरेको छ । विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूद्वारा तयार पारिएका मोडल तथा प्रयोगात्मक सामग्रीहरू प्रदर्शनीमा राखिएको थियो । यसविद्यालयले आयोजना गरेको यस प्रकारको विज्ञान सामग्री प्रदर्शनले विद्यार्थीको उत्साह जाेसजागरका साथै सिर्जनशीलता बढाएको विद्यालयले जानकारी गराएकाे छ ।
विद्यालयका प्रिन्सिपल अम्मरनाथ योगीले विद्यार्थीहरूले विभिन्न वैज्ञानिक उपकरण तथा मोडल बनाइ प्रस्तुत गरेको जानकारी दिनुभयो । उहाँका अनुसार अभिभावकको सक्रिय सहभागितासहित भव्यका साथ प्रदर्शनी सम्पन्न भएको हो । विद्यालय परिसरमा आयोजित प्रदर्शनीमा अभिभावक, विद्यार्थी तथा स्थानीयको बाक्लो उपस्थिति रहेको विद्यालयले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि निजि विद्यालय (प्याप्सन) का अध्यक्ष टासी दोन्डुप लामा रहनु भएको थियो । प्रदर्शनीमा विद्यार्थीहरूले तयार पारेका विभिन्न प्रकारका कलात्मक, जीवन उपयोगी, परम्परागत शैलिका तथा आधुनिक शैलिका सामग्री प्रदर्शन गरिएका थिए ।
विद्यार्थीहरूले सीप, क्षमता र वैज्ञानिक सोच अभिवृद्धि गर्ने उद्देश्यले सामग्री निर्माण गरेको विद्यालयले जनाएको छ । कार्यक्रममा विभिन्न स्कुलकाे सहभागी रहेकाे थियाे
प्रतिक्रिया दिनुहोस्