चन्दननाथ नगरपालिका वडा नं ८ श्रीभैरब माध्यमिक विद्यालयको ४८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुनार को अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नगर उप प्रमुख रामदेवी खड्कालेले विद्यालयको प्रगतिप्रति सन्तोष व्यक्त गर्नु भयाे ।
उनले विद्यालयको विकासका लागि नगरका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । शिक्षा असल भए मात्र समाज असल मार्गमा जाने बताउँदै खड्काले वडा नम्बर ८ को नमुना विद्यालयका रूपमा भैरब माविको विकास भएको हेर्न चाहेको धारणा राखे ।कार्यक्रममा वडा अध्यक्ष विध्यालयकाे विकासका लागि शैशिक र व्यवस्थापकीय नेतृत्वको समर्पणभाव हुनुपर्ने भैरक मााविकाे उदाहरण प्रस्तुत गरेकाे बताए उनले विध्यालयकाे प्रगति यहि गतिमा हुँदै गएमा भैरव माविले यश क्षेत्रकै उत्कृष्ट बिध्यालय रहने आकलन गरे।
विद्यालयका प्रधानाध्यापक कमल बहादर शाहिले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा नियमित पठनपाठनलाई प्रविधियुक्त बनाउँदै विद्यार्थीका प्रतिभा उजागर गर्ने खालका गतिविधिमा जोड दिइएको जानकारी दिए । उनले विद्यालयले विभिन्न असल अभ्यास गर्दै आएको विवरणसमेत प्रस्तुत गरे ।
प्रकाशित मिति : २०८२ असोज ४ गते शनिबार
प्रतिक्रिया दिनुहोस्