
तिलक प्रसाद उपाध्याय
श्रावण १ गते मनाइने संक्रान्ति वर्षका प्रमुख दुई संक्रान्तिमध्ये एक मानिन्छ। यस दिनदेखि सूर्य कर्कट राशिमा प्रवेश गरी दक्षिणायन आरम्भ हुन्छ। वैदिक मान्यता अनुसार उत्तरायण देवताहरूको दिन र दक्षिणायन देवताहरूको रात मानिन्छ। विवाह, व्रतबन्धजस्ता शुभ कर्मका लागि उत्तरायण विशेष मानिए पनि नागपञ्चमी, जनैपूर्णिमा, हरितालिका तीज, ऋषिपञ्चमी, दशैँ, तिहारजस्ता अधिकांश धार्मिक पर्वहरू दक्षिणायनमै पर्दछन्।
श्रावण १ गते हनुमानले लंका जलाएकाे दिनकाे स्मरण गर्ने। लुताे, चिलाउने, आदि इत्यादि प्रदुषणजन्य राेगहरुकाे निवारणका लागि सुगुर पुजा गर्ने र सबै गाउ भरि घुमाएर अन्त्यमा वलिकाृ रुपमा चढाउने परम्परा छ। जसले चर्म राेगहरु निकाे हुन्छन् भन्ने विश्वास भएकाे हुनाले नै वलि चढाउने गरिन्छ।
संक्रान्तिको अर्को महत्वपूर्ण पक्ष लुतो फाल्ने परम्परा हो। स्कन्दपुराण, धर्मसिन्धु तथा परम्परागतरुपमा आधारित जनविश्वासअनुसार यस दिन शरीरमा भएका छाला सम्बन्धि रोग तथा नकारात्मक ऊर्जाका रुपमा लुतोलाई आफ्नाे शरिरमा घुमाएर पारी अर्को गाउलाई पठाउने संस्कार रहेकाे छ।
लुतो फाल्नुको अर्थ शरीरमा भएको रोग तुरुन्तै हट्छ भन्ने होइन।यसको शास्त्रीय वचन अनुसार शरीरको सरसफाइ ऋतु परिवर्तनसँगै स्वास्थ्यप्रति ध्यान रहनु, रोगबाट बच्ने काेशिस गर्नु हो। वर्षायाममा चिसाे, पसिना र जीवाणुको प्रभाव बढ्ने भएकाले छालासम्बन्धी रोगको सम्भावना पनि बढ्छ। त्यसैले यस दिन गरिने स्नानकाे महत्त्व छ। छाेरी ,ज्वाई ईष्टमित्र भेटघाट गर्ने विभिन्न परिकार खाने परम्परा पनि छ।
पछिल्लो समय यो परम्परा केही स्थानमा हराउँदै गएकाे छ ।
साउने संक्रान्तिको लुतो फाल्ने संस्कार अन्धविश्वास मात्र नभई ऋतु परिवर्तनसँगै शरीर, मन र व्यवहारलाई शुद्ध राख्ने समाजमा कुनै नियम वनाउने सबै गाई बस्तु लेख तिर लिने परम्परा हो।यसको वास्तविक सन्देश बाहिरी लुतो मात्र होइन, मनका विकार, क्रोध, द्वेष, असत्य र नकारात्मक प्रवृत्तिलाई पनि त्याग गरी शुद्ध, संयमित र सात्त्विक जीवनतर्फ अग्रसर हुनु हो।
प्रतिक्रिया दिनुहोस्