२०८३ साउन १२ , मंगलबार

संगठन निर्माणमा युवाको भूमिका र ३५ वर्षमुनिका प्रतिनिधित्व सुनिश्चित गर्न तरुण दलको अन्तरक्रिया सम्पन्न




जुम्ला,  नेपाल तरुण दल प्रदेश कार्यसमिति (क) को आयोजनामा “संगठन निर्माणमा युवाहरूको भूमिका तथा ३५ वर्षमुनिका युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने” विषयक अन्तरक्रिया कार्यक्रम  जुम्ला बजारमा सम्पन्न भएको छ।
कार्यक्रममा नेपाल तरुण दल प्रदेश कार्यसमिति (क) का सभापति कृष्णबहादुर रोकाया को सभापतित्व रहेको थियो ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उपप्रमुख रामदेवी खड्का प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
प्रमुख अतिथि खड्काले संगठनलाई थप सुदृढ बनाउन युवाको सक्रिय सहभागिता  रहेको बताउँदै ३५ वर्षमुनिका युवालाई नेतृत्व तहमा उचित प्रतिनिधित्व दिलाउन सबै पक्ष प्रतिबद्ध हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
सभापति कृष्णबहादुर रोकायाले संगठन विस्तार, युवाको क्षमता विकास, नेतृत्व हस्तान्तरण तथा संगठनलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्‍याउन यस्ता अन्तरक्रिया कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
कार्यक्रममा सहभागीहरूले युवाको नेतृत्व विकास, संगठन सुदृढीकरण, समावेशी प्रतिनिधित्व तथा आगामी रणनीतिका विषयमा  छलफल गरेका थिए। सहभागीहरूले युवालाई संगठनको निर्णय प्रक्रियामा थप अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति : २०८३ असार ३० गते मंगलबार