२०८३ कात्तिक ७ , शुक्रबार

लागुऔषध चरेस सहित १ जना पक्राउ



प्रहरी कार्यालय जुम्लाले लागुऔषध चरेस सहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार तातोपानी गाउँपालिका–५ श्रीनगर निवासी २५ वर्षीय सुवास डाँगीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरिएको हो। मिति २०८३ असोज १३ गते बिहान ९:३० बजे प्रहरीले उनको घरमा खानतलासी गर्दा कालो पदार्थ बरामद गरेको थियो।
बरामद गरिएको पदार्थलाई प्रारम्भिक परीक्षण तथा तौल गर्दा चरेस भएको पुष्टि भएको र त्यसको तौल ८ ग्राम ४३० मिलिग्राम रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
पक्राउ परेका डाँगीविरुद्ध सम्मानित जिल्ला अदालत जुम्लाबाट म्याद थप गरी थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरी निरीक्षक तथा कार्यालयका प्रवक्ता शालिकराम खनालले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८३ भदौ ३१ गते बुधबार