जुम्ला : कर्णाली प्रदेश कलिकाेट जिल्ला तिलागुफा नगरपालिका ५ धनाडका देवि कृष्ण न्याैपाने तरकारी खेतिमा आकर्षित भएका छन । कारितास जर्मनी, कारितास नेपाल र पेस नेपालको साझेदारीमा सञ्चालित ‘उथ्थान परियोजना’ कार्यक्रम अन्तर्गत युवा न्याैपाने जलवायु वातावरणमैत्री तरकारी खेतीमा आर्कषित भएका हुन।
यस परियोजना वातावरणीय अनुकूलता, युवाको आत्मनिर्भरता तथा आयआर्जनमा केन्द्रित रहेको उत्थान परियाेजना कार्यक्रम संयाेजक नारद शर्माले बताए । उनका अनुसार विभिन्न तरकारी जस्तै काउली ,टमाटर, प्याज फर्सी र काक्रोको खेती गर्दै आएका छन । परियोजना प्रमुखले भने,तरकारी खेतीमा विभिन्न आधुनिक तथा उन्नत कृषि प्रविधिहरू अपनाइएको छ । खेर गएको फाेहाेर पानी संकलन गरी पुनः प्रयोग गरी, जैविक विषादीको घरमै निर्माण , प्राङ्गारिक मलको तयारी तथा प्रयोग श्रमको परिचालन र व्यवस्थापन लगायतका मापदण्ड अपनाइएको छ ।
यस्ता विधिका प्रयोगबाट विशेषगरी विभिन्न तरकारी खेती गरिएको छ न्याैपाने अनुसार तरकारी खेतीबाट एक लाख आम्दानी भइसकेको छ भने सो रकम छाेरा छाेरी पढाउने र घर संञ्चालनमा धेरै राहत भएकाे जानकारी दिए । तथा आगामी कृषि विस्तार कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको गरेका छन।
उथ्थान परियोजनाको सहकार्यमा युवा नेतृत्व विकास, रोजगारी सृजना तथा जलवायु अनुकूल कृषि अभ्यासमा उल्लेख योगदान पुर्याउदै आएको छ । स्थानीय युवाहरुले गरेका यस्ता कार्यक्रमले युवामा आत्मविश्वास, कृषि क्षेत्रमा नवीन सोचको विकास र दीगो विकासतर्फको यात्रालाई मद्दत पुर्याईरहेको पेस नेपालका कार्यकारी निर्देशन किसाेर न्याैपानेकाे भनाई रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्