जुम्लाकाे ताताेपानि गाउँपालिकामा सन् २०२३ नोभेम्बर १ देखि २०२६ अक्टोबर ३० सम्म सञ्चालन भएको उक्त परियोजनाले समुदामा मर्यादित महिनावारी, यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार, लैङ्गिक समानता र मानव अधिकारको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको जनाएको छ परियोजनाअन्तर्गत बाल क्लब, किसाेर किसारी समूह युवा समूह, आमा तथा बुबा समूह, सञ्चारकर्मी, धामीझाँक्री , स्थानीय सरकार तथा अन्य सरोकारवालासँग सहकार्य गरी विभिन्न सचेतनामूलक तथा क्षमता विकास कार्यक्रम सञ्चालन गरिएको थियाे।प्रतिवेदनअनुसार परियोजना सञ्चालन भएका समुदायमा महिनावारीसम्बन्धी विभेद तथा छुवाछुतको अभ्यासमा ९७ प्रतिशतले सकारात्मक आएको देखिएको छ। यस उपलब्धिलाई समुदायस्तरमा आएको महत्वपूर्ण संकेतका रूपमा लिइएको छ। कार्यक्रममा तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चाैलागाईले मर्यादित महिनावारी अभियानलाई ताताेपानि गाउँपालिकाले निरन्तरता दिने प्रतिबद्धता जनाउनु भएकाे छ । परियोजनाले स्थानीयतहमा तथा नीतिगतमा समेत महिनावारीसम्बन्धी संवाद र सहकार्यलाई सशक्त बनाउन सहयोग पुर्याएको जनाइएको छ।परियोजना सञ्चालन अवधिभर सहयोग र सहकार्य Amplify Change, राधा पौडेले फाउन्डेसन, PACE Nepal, तातोपानी गाउँपालिकासमुदायका युवा, महिला, बालबालिका, सञ्चारकर्मी, परम्परागत धामीझाँक्री ,तथा अन्य सरोकारवालाहरूलाई पेस नेपाल जुम्लाका कार्यकारी निर्देशन किसाेर न्याैपानेले धन्यवाद ज्ञापन गर्नु भएकाे छ।मर्यादित महिनावारी केवल स्वास्थ्यसँग मात्र नभई मानव जिवन संग जाेडिएकाे र अधिकारसँग जोडिएको विषय भएकोले यस अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।
प्रकाशित मिति : २०८३ असोज ८ गते बिहीबार





प्रतिक्रिया दिनुहोस्