कारितास जर्मनी, कारितास नेपाल र पेस नेपालको साझेदारीमा सञ्चालित ‘उथ्थान परियोजना’ कार्यक्रम अन्तर्गत प्रवलीकरणको अवधारणालाई प्रवद्र्धन गर्दै समुदायमा भएका दक्ष र अर्धदक्ष डकर्मीहरुलाई स्थानिय श्रोत साधन (काठ,ढुङगा र माटो)को प्रयोग गरि कम लागत (नयाँ निर्माणको झण्डै ३० देखि ४० प्रतिशत) मा पुराना ,जिर्ण र भुकम्पले चर्काएका भवनहरूलाई प्रवलीकरण गरि पुनः प्रयोग गर्न लायक बनाउनका लागी लागी २ दिने जिर्ण भवन प्रवलीकरण तथा प्रदर्शन तालिम तिलागुफा नगरपालिका वडा नं.१ बजेडीचौरमा सम्पन्न गरिएको छ । उक्त तालिममा भुकम्प,स्थानीय स्तरमा भूकम्प बुझाई,नेपालमा भूकम्पको असर,तालिम,प्रवलीकरण,भूकम्पको जोखिम ढुङ्गा–माटो घर रिट्रोफिटिङ र अनुभव,ढुङ्गा–माटोको घर प्रवलीकरण गर्ने तरिका,स्थानीय सामग्री प्रयोग गरेर रिट्रोफिटिङ गर्ने तरिका,स्थानीय सामग्री प्रयोगको फाइदाका बारेमा सहभागीलाई तालिम प्रदान गरिएको थियो । सामुदायिक बिपद ब्यबस्थापन समिती (सिडिएमसि) का १४ जना सदस्यहरुको उपस्थितीमा सम्पन्न गरिएको थियो । तालिममा मालिका माध्यामिक बिद्यालयको पुरानो भवनलाई प्रयोगात्मक रुपमा प्रवलीकरण गरिएको छ ।
तालिम समापन कार्यक्रम तिलागुफा नगरपालिका वडा नं.१ कालिकोटका वडाध्यक्ष मन बहादुर बुढाको अध्यक्षतामा सम्पन्न गरिएको छ । उक्त तालिमको समापन कार्यक्रममा बोल्दै अध्यक्ष बुढाले यो प्रबिधि कालिकोटको लागी नयाँ अनुभव रहेको र अबका पुरानो भवनलाई प्रवलीकरण गरिने जसका लागी पेस नेपालसँग सहकार्यका काम गर्नका लागी पहल भईरहेको बताउनु भएको थियो । प्रवलीकरण कार्यले न्युन आयश्रोत भएका दलित,बिपन्न परिवार,सामुदायिक भवन तथा बिद्यालयलाई पहिलो प्राथमिकताका साथ काम संचालन गर्ने लक्ष्य उत्थान परियोजनाको रहेको जानकारी पेस नेपालका कार्यक्रम संयोजक नारद रेग्मीले बताउनु भएको छ ।
प्रकाशित मिति : २०८२ भदौ २० गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्