२०८२ असोज १४ , मंगलबार

चिनियाँ राजदूतले प्रधानमन्त्री कार्कीलाई भेटेर दिए बधाई

काठमाडौंस्थित चिनियाँ दूतावासले बिहीबार राजदूत सोङले प्रधानमन्त्री कार्कीलाई भेटेको जानकारी दिएको हो ।


काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बधाई तथा शुभकामना दिएका छन् ।

काठमाडौंस्थित चिनियाँ दूतावासले बिहीबार राजदूत सोङले प्रधानमन्त्री कार्कीलाई भेटेको जानकारी दिएको हो ।

भेटमा राजदूत सोङले प्रधानमन्त्रीमा नियुक्त भएकोमा शुभकामना तथा बधाई दिँदै चिनियाँ सहयोगको प्रतिबद्धता जनाएका थिए ।

साथै भेटमा आपसी दृष्टिकोण आदानप्रदान गर्दै मित्रता र सहकार्यलाई अझ प्रगाढ बनाउनेबारे दुवै पक्ष सहमत भएको चिनियाँ दूतावासले उल्लेख गरेको छ ।

जेनजी आन्दोलनपछि कार्की गत २७ भदाैमा अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।

प्रकाशित मिति : २०८२ असोज २ गते बिहीबार