२०८२ असोज १४ , मंगलबार

यू १४ फुटबल प्रतियाेगिताकाे छात्र  तर्फकाे उपाधि चन्दननाथ नमुना माविले र छात्रा तर्फ सरस्वती  मावि रिनिले जित्याे हात पार्याे ।





जुम्ला जिल्ला फुटबल संघ जुम्लाद्वारा संञ्चालित  यू-१४ अन्तर विद्यालय स्तरीय फुटबल प्रतियाेगिता अन्तर्गत छात्र तर्फकाे उपाधी चन्दननाथ माविले जित हात पारेेकाे छ  ।
आज भएकाे खेलमा जे .आर कर्णाली बाेर्डिङ र चन्दननाथ नमुना मावि बीच भएकाे फाईनल खेलमा चन्दननाथ माविले ३ गाेल गर्दै छात्र तर्फकाे उपाधी जित्न सफल भएकाे हाे ।
निर्धारित समय भित्र जे.आर. कर्णालीले गाेल गर्न नसक्दा उपविजेता मै सिमित भयाे । चन्दननाथले पहिलाे हाफमा २ र दाेस्राे हाफमा १ गरि ३ गाेल गरेकाे थियाे ।
दाेस्राे हाफमा जे. आर.कर्णालीले पेनाल्टी सुटआउट पाउँदा पनि गाेल गर्न सकेन । जे.आर. कर्णालीले उत्कृष्ट खेल प्रर्दशन गरेपनि गाेल गर्न नसक्दा उपविजेतामै सिमित भएकाे हाे ।

जुम्लामा आयाेजित यू-१४ फुटबल प्रतियाेगितामा छात्र तर्फ जिल्लाभरबाट  १४ वटा विध्यालय टिमकाे सहभागिता रहेकाे थियाे । छात्रा तर्फकाे फाईनलमा पुगेर पनि उपविजेता बनेकाे जे.आर.कर्णाली छात्रा तर्फकाे फाईनलमा पनि उपविजेतानै बन्याे ।

छात्रा तर्फकाे उपाधी सरस्वति मावि रिनिले जितेकाे छ । प्रतियाेगितामा जम्मा २४ वटा टिम सहभागी थिए । प्रतियाेगितामा छात्र र छात्रा तर्फ विजेता र उपविजेता हुने टिमलाई शुक्रबार ट्रफी र मेडल वितरण गरिएकाे एन्फा जुम्लाका अध्यक्ष भरत बहादुर बुढ्थापाले बताए ।बुढ्थापाका अनुसार संविधान दिवसकाे अबसर पारी फाईनल खेल खेलाईएकाे हाे ।
जिल्ला समन्वय समिति जुम्लाकाप्रमुख गाैरीनन्द आर्चाय, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा लगायतकाे सहभागितामा फाईनल खेल सम्पन्न भएकाे छ । एन्फाद्वारा आयाेजित यू १४ फुटबल प्रतियाेगिता बिवाद रहित वातारणमा सम्पन्न भएकाे छ ।

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रबार