प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि प्रारंभ हुने नेपालीको महान् पर्व बडादशैं आज मंगलबारदेखि शुरु हुँदैछ । यस दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन दुई महत्वपूर्ण काम गरिन्छ । पहिलो काम यस दिन जमरा राखिन्छ भने अर्को काम यसै दिन घटस्थापना गरी देवी-देवताको आवाहन पनि गरिन्छ । यस दिन झुसमुसे बिहानीमै उठेर नदी, खोला, वगर आदि ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो जल ल्याई पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ गहु छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई पनि मनपर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुशी पार्नको निम्ति जमरा उमार्ने प्रचलन प्रारंभ भएको हो l घटस्थापनाको साइत बिहान ९:५३ बजे शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ।स्थानीय परम्परागत अनुसासर जुम्लामा गुरु चन्दननाथ र वटुक भैरबनाथकाे लिङ्गा ठड्याएपछि घरघरमा घट् स्थमपना गर्ने चलन छ।
हाम्रो धर्म, संस्कृति अनुसार घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनादेखि घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । कलशमै सम्पूर्ण देवीदेवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन्, जुन कुरा कालिका पुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ । यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ । उपर्युक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी-नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दशैं पूजाको थालनी गरिएको हो ।स्थानीय परम्परागत अनुसासर जुम्लामा गुरु चन्दननाथ र वटुक भैरबनाथकाे लिङ्गा ठड्याएपछि घरघरमा घट् स्थमपना गर्ने चलन छ।
प्रकाशित मिति : २०८२ असोज ६ गते सोमबार
प्रतिक्रिया दिनुहोस्