२०८२ असोज १४ , मंगलबार

नेपाल पत्रकार महासंघ शाखा जुम्लाद्वारा जिल्लाका तीन जना क्रियाशील पत्रकार पुरस्कृत




जुम्ला । नेपाल पत्रकार महासंघ शाखा जुम्लाद्वारा जिल्लाका तीन जना क्रियाशील पत्रकार पुरस्कृत भएका छन् । पत्रकार  लक्ष्मि न्याैपाने विजय, रावत र  काली बहादुर परियार पुरस्कृत भएका हुन् ।
लक्ष्मि न्याैपाने गाैरी पदम स्मृति ,विजय रावत कृषि तथा पर्यटन र कालि बहादुर  परियार युवा तथा खेलकुद  पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् ।
तीनै जनालाई  पुरस्कृतलाई जनही १० हजार, कदर-पत्र र दाेसल्ला प्रदान गरिएकाे छ । गाउँपालिका राष्टि्य महासंघका केन्द्रीय उपाध्यक्ष लक्ष्मण बहादुर शाहीले पुरस्कार प्रदान गरेका हुन् ।
पत्रकार लक्ष्मी न्याैपाने रेडियाे नारी आवाजकी स्टेसन म्यानेजर हुन् ।विजय रावत कर्णाली सवाल अनलाईनका संचालक हुन ।    काली बहादुर परियार दूबाे खबरका प्रधानसम्पादक हुन ।
साथै पुरस्कार वितरण तथा दशैँकाे शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी प्रमुख अतिथि हिमा गाउँपालिका अध्यक्ष, लक्ष्मण बहादुर शाही, विशेष अतिथि ताताेपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चाैलागाँई,उपाध्यक्ष रेवति रावल, पातारासीका अध्यक्ष पूर्णसिंह बाेहारा, जनमाया राेकाया, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, शसस्त्र प्रहरी बल प्रमुख, प्रहरी प्रमुख लगायत सम्पुर्ण विषयगत कार्यालयका प्रमुख लगायत पत्रकार हरूलाई पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चाैलागाईले धन्यबाद दिए ।
हिमा गाउँपालिकाकाे ५ लाख सहयाेगमा स्थापना गरिएकाे अक्षयकाेषबाट दुई वर्ष पुरस्कार वितरण गरिएकाे छ । भने चालू आर्थिक वर्षमा ताताेपानी गाउँपालिकाले अक्षयकाेष बृद्विका लागि ५ लाख विनियाेजन समेत गरेकाे छ ।

प्रकाशित मिति : २०८२ असोज ८ गते बुधबार