तिलक प्रसाद उपाध्याय
नेपालीहरुको महान चाड दशैको सातौ दिन आज फुलपाती, हिन्दु परम्परा अनुसार देशैभरी नै फुलपाती भित्र्याउने गरिन्छ। फूलपाती स्वरूप फुलपाति मकै, धान, र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गा पूजा गरेको ठाउँमा फुलपाती भित्याउने चलन छ।
दसैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्व हुने शास्त्रीय मान्यता अनुसार फूलपातीको आफ्नै विशिष्ट महत्व रहेको र दसैँका लागि पूजा सामग्री स्वरूप फूलपाती भित्र्याउने कार्य गरिन्छ। कृषकहरु यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउने गर्छन्।
जुम्लामा विगत झै यसपाली सरकारका प्रमुख जिल्लाका सबै सुरक्षा निकायले फुलपाती भित्राउने कार्यक्रम राखेका छन्। फुलपाती भित्र्याउने शुभ साईत ८ बजेर ५२ मिनेटमा छ। यसदिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजाअर्चना गर्ने गरिन्छ। कृष्णवर्ण अर्थात कालो वर्ण भएकी, तीन नेत्र अनि चारहात भएकी, चारै हातमा क्रमशः तरवार, मसाल बोकेकी घोरमुद्रा तथा अभय मुद्रा धारण गरेकी, श्वाँस फेर्दा आगो ओकल्ने यीनै देवीले भुँईमा झरेको हरेक थोपा रगतबाट पूर्नजीवन पाउने रक्तविज नामक दैत्यको संहार गरेकी हुन्।
विज्ञापन
प्रकाशित मिति : २०८२ असोज १३ गते सोमबार
प्रतिक्रिया दिनुहोस्