२०८२ माघ १६ , शुक्रबार

ललितपुर महानगरद्वारा जुम्लाको चन्दननाथ नगरपालिका वडा नं ५ मा  गणेश मन्दिर निर्माण



जुम्ला। ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक सम्पदा संरक्षण गर्न आवश्यक रहेको बताएका छन् ।
ललितपुर महानगरको आर्थिक सहयोगमा जुम्लाको चन्दननाथ नगरपालिका वडा नं –५ मा पुरातात्विक शैलीमा निर्माण गरिएको गणेश मन्दिरको उद्‌घाटन गर्न जुम्ला आएका प्रमुख महर्जनले ललितपुर महानगरमा भएका मन्दिर जस्तै झल्को दिने गरी मन्दिर निर्माण गरिएको बताए । चन्दननाथका पुराना सम्पदालाई संरक्षण गर्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
चन्दननाथमा निर्माण गरिएको गणेश मन्दिरका लागि ललितपुर महानगरले  ३५ लाख सहयोग गरेको प्रमुख महर्जनले जानकारी दिए
कार्यक्रममामा समन्वय प्रमुख ,प्रमुख  जिल्ला अधिकारी ,नगर प्रमुख नगर उप प्रमुख, वडा अध्यक्ष ज्यु हरु कर्मचारी ,सुरक्षाकर्मी र स्थानीयकाे सहभागीता रहेकाे थियाे ।
चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतका अनुसार उक्त मन्दिरको लागत रु १९ लाख ७५ हजार रहेको छ । बाँकी रकम मन्दिरको प्रवेशद्वार बनाउन खर्च गरिने उनले बताए। उनका अनुसार गणेशको मूर्ति बनाउने ढुङ्गा खोकनाबाट ल्याइएको थियो भने मन्दिर ललितपुरकै कालीगढलाई निर्माण गर्न लगाइएको थियो । मन्दिर सदरमुकाम खलङ्गाको मुख्य बजार क्षेत्रमा निर्माण गरिएको छ ।
ललितपुर महानगर र चन्दननाथ नगरपालिकाबीच तीन वर्षअघि भगिनी सम्बन्ध कायम भएको थियो । भगिनी सम्बन्ध कायम भएका पालिकाको विकासमा साझेदारी कायम गर्न ललितपुर महानगरले विभिन्न परियोजना अघि ढाएको छ ।
प्रमुख महर्जनका साथमा ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, महानगरका निर्देशक देवप्रसाद गुरागाईं, वडा नंं २८ का अध्यक्ष वीरेन्द्र महर्जनसहितको टोली जुम्ला आएको हो ।
यो चन्दननाथ खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रकाशित मिति : २०८२ असोज २८ गते मंगलबार