२०८२ माघ १६ , शुक्रबार

समुदायमा बिपद जोखिम न्युनिकरणका लागी सचेतनामुलक कार्यक्रम सम्पन्न ।




संकटासन्नता तथा क्षमता लेखाजोखा (VCA ) तालिम तिलागुफा नगरपालिका –१ बजेडिचौर,कालिकोटमा सम्पन्न भएको छ ।
कार्यक्रमको पहिलो दिनमा स्थानीय समुदाय र सरोकारवालाबीच छलफल गरी प्रकृतिमा आधारित विपद्जन्य घटनाहरूको विवरण संकलन, संकटासन्न समुदाय र टोलहरूको पहिचान तथा क्षमताको लेखाजोखा गर्ने कार्य गरिएको थियो । तालिममा समुदायका समस्या, विपद् जोखिमको अवस्था, विपद् जोखिमको पहिचान, समुदायले विपद्का कारण भोग्दै आएका समस्या, उहाँहरूको विपद्संग लड्न सक्ने क्षमताको पहिचानका बारेमा सरोकारवालासँग छलफल गरीएको थियो । साथै वडा नं.१ को प्रकोप नक्साङ्कन समेत गरिएको थियो ।
साथै तालिमको दोश्रो दिनमा समुदायमा आधारित बिभिन्न बिपदहरुले मालिका माध्यामिक बिद्यालयलाई पारेको असर तथा जोखिमको बारेमा छलफल गरि बिद्यालयमा आधारित बिपद जोखिम ब्यबस्थापन योजना(SDRMP)को ड्राफ्ट समेत तयार गरिएको छ । उक्त ड्राफ्टलाई अन्तिम रुप दिएर मालिका माध्यामिक बिद्यालयलाई हस्तान्तरण समेत गरिनेछ ।
कार्यक्रममा वडा अध्यक्ष, वडा सदस्य,बिद्यालय ब्यबस्थापन समितीका सदस्यहरु,बालक्लबका सदस्ये सहभागिता रहेको थियो । उक्त परियोजना मार्फत वडा नं.२ रतडा,कालिकोटमा वडास्तरिय बिपद ब्यबस्थापन समितीलाई भुकम्प पुर्बतयारी तथा आपतकालिन झोला निर्माण र कृतिम अभ्यासको बारेमा अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न गरिएको छ।उत्थान परियोजनाको सहकार्यमा तिलागुफा नगरपालिका वडा नं.१,२,४ र ५ मा रहेका वडास्तरिय बिपद ब्यबस्थापन समिती,सामुदायिक बिपद ब्यबस्थापन समिती,युवाक्लब,बालक्लबको बिपद सम्बन्धि क्षमता अभिबृद्धि गरि बिपद उत्थानशिल समुदाय निर्माण गर्ने पेस नेपालका कार्यक्रम संयोजक नारद रेग्मीले बताउनु भयो ।
त्यसैगरि यस परियोजनाले युवा नेतृत्व विकास,रोजगारी सृजना तथा जलवायु अनुकूल कृषि अभ्यासमा उल्लेख योगदान पु¥याउदै आएको छ । साथै स्थानीय युवाहरुले गरेको कार्यक्रमले युवामा आत्मविश्वास, कृषि क्षेत्रमा नवीन सोचले विकास र दीगो विकासतर्फको यात्रालाई मद्दत पुर्याएकाे रहेको पेस नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानेको भनाई रहेको छ ।
जनचेतनामुलक कार्यक्रम कारितास जर्मनी र कारितास नेपालको आर्थिक तथा साझेदारी सहयोग केन्द्र(पेस नेपाल) को आयोजनामा संचालित मानविय सहायता तथा बिपद पुर्बतयारी (उत्थान) परियोजना मार्फत कार्यक्रम सम्पन्न गरिएको हो ।

प्रकाशित मिति : २०८२ असोज ३१ गते शुक्रबार