२०८२ माघ १६ , शुक्रबार

स्थानियस्तरमा विपद् पुर्बतयारी तथा प्रतिकार्यका लागी कृतिम अभ्यास सम्पन्न




कालिकोट जिल्ला तिलागुफा नगरपालिकाका प्रमुख तथा स्थानिय विपद् व्यवस्थापन समितिका अध्यक्ष श्री शंकर प्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा नेपाल रेडक्रस सोसाईटी,कालिकोट,कारितास जर्मनी,कारितास नेपाल र पेस नेपालको सहकार्यमा तिलागुफा नगरपालिकाको खुला मञ्चमा आगलागी तथा बिपद सम्बन्धी कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ । उक्त घटना अभ्यासमा कृतिम रुपमा आगलागी र भुकम्पबाट हुनसक्ने क्षतीको सुचना संकलन,योजना निर्माण सहित योजना निर्माण समेत गरिएको थियो । घरायसी भान्सामा प्रयोग हुने ग्याँस सिलिन्डर चुहावटबाट हुन सक्ने आगलागी र सोको नियन्त्रणका उपाय, बिपदको समयमा स्थानिय गाउँ बस्तीमा विद्युत सर्किटबाट हुनसक्ने आगलागीका कारण हुने मानवीय क्षति, पशुचौपाया लगायत धनजनको क्षतिलाई कम गर्न र आगलागी नियन्त्रण, घाइतेको उद्धार तथा प्राथमिक उपचार लगायत विविध विषयमा कला कौशल प्रर्दशन गरी कृत्रिम घटना अभ्यास प्रर्दशन गरिएको थियो ।
उक्त घटना अभ्यास कार्यक्रममा तिलागुफा नगरपालिकाका उप प्रमुख, प्रशासकिय अधिकृत,नेपाल रेडक्रस सोसाइटी महामन्त्री,बिपद प्रमुख, पेस नेपालका कार्यक्रम संयोजक,गाल्जे प्रहरी चौकी प्रमुख लगायत स्थानिय विपद् व्यवस्थापन समितिका विभिन्न सदस्यहरु सहित ७ वटा क्लष्टरका प्रमुखको समेत उपस्थिति रहेको थियो । साथै कार्यक्रममा बिपद कार्यदल,प्राथमिक उपचार टिमले घटना अभ्यासमा महत्वपूर्ण भूमिका प्रदान गरेको थियो । कृतिम अभ्यास कार्यक्रममा स्थानिय बासिन्दाको उल्लेखनिय उपस्थिती रहेको थियो । विपद्को समयमा आइपर्ने घटनालाई व्यवस्थापन गर्नको लागि कृत्रिम घटना अभ्यासले समन्वय र सहकार्यमा विपद् प्रतिकार्य गर्न सहज हुने पेस नेपालका कार्यक्रम संयोजक नारद रेग्मीले चन्दननाथ अनलाईन खबरलाई बताउनु भएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक २५ गते मंगलबार