२०८३ जेठ १३ , बुधबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्सरे सेवा बन्द सेवाग्राहीहरु निजिक्लिनिक धाउन ब्याध्य




जुम्ला – जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्सरे सेवा बन्द भएको छ । अस्पतालको एक्सरे सेवा बन्दहुँदा उपचारका लागि प्रतिष्ठानमा आएका सेवाग्राहीलाई सास्ती भएको छ ।
अस्पतालमा एक्सरे मेसिनमा समस्या आउँदा पाँचदिन देखि एक्सरे सेवा बन्द भएको छ । निर्वाचनले गर्दा बनाउनका समय लागेको हो । एक्सरेमा समस्या आएको उपकरण बनाउनका लागि काठमाडौं पठाइसकेको छ ।
मंगलबारसम्म एक्सरे सेवा सेचारु हुने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक कमल थानीले जानकारी दिनुभयो । पटक–पटक एक्सरे सेवा र सिटी स्क्यान विग्रदा प्रतिष्ठानको चर्को आलोचना हुने गरेको छ ।

प्रकाशित मिति : २०८२ फागुन २५ गते सोमबार