जुम्ला : जुम्ला जिल्लामा लक्षित समूहका १ हजार २७७ जना बालबालिका र किशोरीलाई पाठेघरको क्यान्सर रोकथामको लागि एचपिभी खोप दिइने भएको छ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका कार्यालय प्रमुख किरण कुमार शर्माका अनुसार यहीँ चैत ९ देखि १० गतेसम्म जिल्लाका गुठीचाैर र पातारासी गाउँपालिका बाहेक अरुसबै स्थानीय तहमा खोप अभियान सञ्चालन गरिएको भएको छ। गुठीचाैर र पातारासीमा चैत १० र ११ गते एचपिभी खोप लगाइने भएको छ।
राष्ट्रिय खाेप कार्यक्रम अन्तर्गत यहाँका आठवटै स्थानीय तहका कक्ष ६ का छात्रा कुल १ हजार १६५ जना र विद्यालय नजाने १० बर्ष उमेरका छात्रा ११२ गरि जम्मा १ हजार २७७ जनालाई एचपिभी खोप दिइने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख शर्माको भनाइ छ।
खाेप संचालनका लागि ८४ वटा खाेप केन्द्र कायम गरिएको छ। उक्त अभियानमा चन्दननाथ नगरपालिकामा कक्ष ६ का छात्रा २५७ र विद्यालय नजाने १० बर्ष उमेरका छात्रा २० जना गरि जम्मा २७७ जना , तातोपानीमा १६४ जना, गुठिचाैरमा ७७ जना, पातारासीमा कक्ष ६ का छात्रा १९६ र विद्यालय नजाने १० बर्ष उमेरका छात्रा २५ जना गरि जम्मा २२१ जना, तिलामा कक्ष ६ का छात्रा १७६ र विद्यालय नजाने १० बर्ष उमेरका छात्रा ९ जना गरि जमा १८५ जनालाई खाेप दिइने कार्यालय प्रमुख शर्माले जानकारी दिनुभयो ।
यसैगरी हिमामा कक्ष ६ का छात्रा १९६ र विद्यालय नजाने १० बर्ष उमेरका छात्रा २५ जना गरि जम्मा २२१ जना, सिंजामा कक्ष ६ का छात्रा १२५ र विद्यालय नजाने १० बर्ष उमेरका छात्रा १० जना गरि जम्मा १३५ र कनकासुन्दरी गाउँपालिमामा कक्ष ६ का छात्रा १५४ र विद्यालय नजाने १० बर्ष उमेरका छात्रा २३ जना गरि जमा १७७ जनालाई एचपिभी खोप दिइने थालिएको कार्यालय प्रमुख शर्माले बताउनुभयो ।
खोप अभियान विद्यालयमा कक्षा ६ मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० वर्षका किशोरीलाई लक्षित गरेर सञ्चालन गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ । तिलक प्रसाद उपाध्याय
प्रकाशित मिति : २०८२ चैत ४ गते बुधबार
प्रतिक्रिया दिनुहोस्