२०८३ जेठ १७ , आइतबार

जुम्लामा एच.आई.भी.सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न




जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको आयोजनामा शनिबार भएको एच.आई.भि.सम्बन्धी लाञ्छना र भेदभाव कम गर्न जनप्रतिनिधि,पत्रकार र सुरक्षाकर्मी तथा सरोकारवालाहरुलाई एक दिने अभिमुखिकरण तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।जिल्लामा एचआईभी÷एड्ससम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरण गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम संचालन गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्माले बताए ।कार्यक्रममा एच.आई.भी÷एड्स के हो?यसको संक्रमणका तरिका, रोकथामका उपाय, उपचार सेवा तथा संक्रमित व्यक्तिप्रति समाजको व्यवहार कस्तो हुनुपर्छ ? भन्ने विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो ।सहभागीहरूलाई एचआईभी संक्रमित व्यक्तिहरू पनि सम्मानपूर्वक बाँच्न पाउने अधिकार रहेको र उनीहरूमाथि हुने विभेद अन्त्य गर्न सबैले जिम्मेवार बन्नुपर्नेमा जोड दिएको थियो ।कार्यक्रममा सहभागीहरूले विद्यालय स्तरदेखि समुदायसम्म सचेतनामूलक गतिविधि विस्तार गर्न, नियमित परीक्षण र परामर्श सेवामा पहुँच बढाउन तथा संक्रमित व्यक्तिहरूलाई सामाजिक सहयोग र समर्थन उपलब्ध गराउन आवश्यक रहेको बताएका छन् ।जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख शर्माले एचआइभी सम्बन्धी भेदभावरहीत नीति नियम र कार्यक्रम स्थानीय तहमा निर्माण र कार्यान्वयन गर्दै सचेतनामूलक कार्यक्रम संचालन गर्न बजेट तथा स्रोत व्यवस्थापन गर्न जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : २०८३ जेठ ९ गते शनिबार