२०८३ साउन १२ , मंगलबार

खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ९४ योजना कार्यान्वयन हुँदै 




जुम्ला – खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालय जुम्लाले चालु आर्थिक वर्ष भित्रमा खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जा सम्बन्धी करिब ९४ वटा योजना कार्यान्वयनको अन्तिम चरणमा पुर्याएको छ ।
कर्णाली प्रदेशको जलस्रोत तथा उर्जा विकास मन्त्रालयबाट स्वकृति भईआएका ९४ वटा योजनामध्ये ८५ वटा योजना उपभोक्ता समितिसंग सम्झौताभई अहिलेसम्म ५० बाट योजना निर्माण सम्पन्न भएकाछन् ।
९ वटा योजना ठेक्काभइ हालसम्म ७ वटा योजना निर्माण सम्पन्न भएको खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालय जुम्लाका प्रमुख अकल बहादुर महतले जानकारी दिनुभयो ।
उक्त योजनामध्ये यहाकाँ आठवटै स्थानीय तहका लागि मन्त्रालयबाट क्रमागत सिंचाईका ७३ वटा योजना रहेकाछन् । १७ वटा योजना तटबन्धन र खानेपानीका २५ वटा योजना यो आर्थिक वर्ष भित्र सम्पन्न हुने कार्यालय प्रमुख महतको भनाइ छ ।
चालु आवको जेठसम्म कुल बजेटको पुँजीगत खर्च करिब ५० प्रतिशत खर्च भएको खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालय जुम्लाले जनाएको छ ।
खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जा सम्बन्धीका योजनालाई विशेष प्रथामिकतामा राखेर योजना कार्यान्वयन गरिने भएको छ ।
कार्यालयले संचालन गरेका सिँचाइ आयोजनाबाट यहाँका जमिनमा सिँचाइ सुविधा विस्तारभई खेतीयोग्य जमिनमा स्तरोन्नति भएको कार्यालयले जनाएको छ । तिलक

प्रकाशित मिति : २०८३ असार ९ गते मंगलबार