
सामाजिक विकास कार्यालय जुम्लाले आर्थिक २०८२/०८३ वर्षभरि कार्यालयद्वारा आयोजित वार्षिक समीक्षा गोष्ठीमा कार्यालय प्रमुख टोप बहादुर बुढाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शिक्षा क्षेत्रको पूर्वाधार विकास, प्रविधिमैत्री सिकाइ र छात्रवृत्ति कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गरिएको जानकारी दिए।प्रमुख बुढाका अनुसार जिल्लाका विभिन्न स्वास्थ्य संस्था, विद्यालयमा भवन, कक्षाकोठा तथा घेराबार निर्माण सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षालाई प्रवर्द्धन गर्न आईसिटी ल्याब स्थापना गरिएको छ। यी कार्यक्रमले विद्यालयको भौतिक तथा शैक्षिक वातावरण सुधार गर्न महत्वपूर्ण योगदान पुर्याएको उनको भनाइ थियो। साथै समीक्षा गोष्ठीमा प्राविधिक शिक्षामा पहुँच विस्तार गर्न जुम्लाका छोरीबुहारीलाई छात्रवृत्ति प्रदान गरिएको जानकारी पनि दिइयो। त्यसैगरी अपाङ्ग तथा दलित समुदायका विद्यार्थीका लागि समेत छात्रवृत्ति कार्यक्रम सञ्चालन गरी शिक्षामा समान पहुँच सुनिश्चित गर्ने प्रयास गरिएको र दरबन्दी अनुसार कर्मचारी नभएकाेले जनाएको छ।गोष्ठीमा सहभागीहरूले शिक्षा र सामाजिक विकासका क्षेत्रमा भएका उपलब्धिलाई थप प्रभावकारी बनाउँदै आगामी दिनमा गुणस्तरीय सेवा प्रवाह, समावेशी शिक्षा र दिगो विकासमा जोड दिनुपर्ने सुझाव दिएका थिए
प्रकाशित मिति : २०८३ असार ३० गते मंगलबार
प्रतिक्रिया दिनुहोस्