२०८२ असोज १४ , मंगलबार

मेलम्ची नदी सतर्कता तह पार



काठमाडौं । सिन्धुपालचोकस्थित मेलम्ची नदीले शुक्रबार सतर्कता तह पार गरेको छ । नाकोटेको जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नदी बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“साउन २३ गते, राति ७:१५ बजे । सिन्धुपालचोकस्थित मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनुहुनेहरूले उच्च सतर्कता अपनाऔँ,” विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०८२ साउन २३ गते शुक्रबार