अविरल वर्षका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । आज दिउँसोदेखि परेको भारी वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो ।
करिडोरको बागलुङ नगरपालिका–१२ कालाखोलामा पहिरो खस्दा करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी जानकारी दिए । करिडोर अवरुद्ध हुँदा लामा तथा छोटो दूरीका सवारीसाधान ठप्प भएको उनको भनाइ छ । अहिले भारी वर्षा भइरहेको हुँदा सडक खुलाउन नसकिने भन्दै वर्षा रोकिएपछि खुलाउने उनले बताए ।
सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात बिच्छेद भएको छ । पहिरोले करिडोर अवरुद्ध भएपछि मुस्ताङ जाने पर्यटक गाडी र बागलुङदेखि बुटवल, भैरहवा र सुनौली जाने सवारीसाधन ठप्प भएका प्रहरी निरीक्षक थापाले बताए ।
प्रकाशित मिति : २०८२ साउन २३ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्